१२ असार २०८३, शुक्रबार

एम्बुलेन्समा व्यक्तिपिच्छे फरकफरक भाडा

एम्बुलेन्समा व्यक्तिपिच्छे फरकफरक भाडा

खलङ्गा- जुम्लाको पातारासी गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्सले मनपरी भाडा लिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । गाउँपालिकाको एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिएको उनीहरुले गुनासो गरेका हुन् ।

एम्बुलेन्सले गाउँपालिका–४ लुमबाट पाँच किलोमिटरको दूरीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासम्म व्यक्तिपिच्छे फरकफरक भाडा लिएको स्थानीय दिजराज रेउलेले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताल पुगेपछि कति भाडा दिएका थियौ भनी मैले मेरा गाँउका शुकबहादुर रावतलाई सोधेँ, उनले रु एक हजार ५०० दिएको बताए, मैले रु दुई हजार तिरेँ ।”

जनताको सेवाका लागि ल्याइएको एम्बुलेन्सले एकै ठाउँबाट फरकफरक भाडा असुल्दा यहाँका स्थानीयवासी मारमा परेको रेउलेले बताउनुभयो । भाडामा एकरुपता कायम गर्न गाउँपालिकालाई आग्रहसमेत गरेका छन् । गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहराले ठाउँअनुसारको निश्चित भाडा तोकिएको बताउनुभयो । तोकिएभन्दा बढी भाडा असुलेको पाएमा कानूनी कारवाही गरिने उहाँले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्