काठमाडौं, ३ चैत — सडकहरूमा ट्राफिक जाम भएर धेरैजनाले समस्या भोग्नुपरेको छ । काठमाडौंमा पनि यो विकराल समस्याका रूपमा उदाएको छ । यहाँ हामी केही यस्ता शहरको चर्चा गर्दैछौं जहाँ भयंकर ट्राफिक जाम हुन्छ र अब त त्यहाँका मानिसलाई त्यसको बानी नै परिसकेको छ ।

बेइजिङचीनको राजधानी संसारकै व्यस्ततम शहरमध्ये एक हो । यहाँ पचास लाखभन्दा बढी गाडी एकैचोटि सडकमा दौडिन्छन् अनि ट्राफिक जाम त हुने नै भयो ।
ताइनानताइवानको यो शहरको संरचनाले बढ्दो जनसंख्यालाई थाम्न सकेकै छैन । यो अव्यवस्थित शहरमा सजिलै ट्राफिक जाम हुने नै भयो ।
रियो डी जेनेरोओलम्पिक आयोजना गरेर चर्चामा आएको ब्राजिलको यो शहरमा एक सर्वेक्षणका अनुसार हरेक व्यक्तिले प्रत्येक दिन ४५ मिनेट ट्राफिक जाम भोग्छ ।
इस्तानबुलटर्कीको यो शहर ट्राफिक जामका लागि बदनाम छ । वर्ल्ड इकोनोमिक फोरमका अनुसार यहाँ प्रत्येक नागरिकले प्रतिवर्ष ट्राफिक जाममै १७५ घन्टा बिताउँछ ।
बुखारेस्टरोमानियाको राजधानी युरोपकै सबभन्दा व्यस्त शहरमा पर्छ र यहाँको ट्राफिक जामले शहरको सुन्दरतालाई नै भंग गरेको छ ।
जकार्ताइन्डोनेसियाको राधानी जकार्ताको ७० प्रतिशतभन्दा बढी प्रदूषण वाहनहरूको कारण हुन्छ र यहाँ ट्राफिक जामको ठूलै समस्या छ ।
ब्यांककथाइल्यान्डको राजधानी संसारकै सुन्दर शहरमध्ये एक हो तर यहाँ पनि ट्राफिक जामका कारण मानिसहरू घन्टौं फँस्नुपर्छ ।
मेक्सिको सिटीमेक्सिकोको राजधानीमा ट्राफिक जामको समस्याबाट मुक्ति पाउनका लागि नो भेहिकल डे पनि मनाइन्छ तर यसको कुनै असर परेको छैन ।
एजेन्सीको सहयोगबाट