२९ जेठ २०८३, शुक्रबार

बोरामा युवतीको शव बोकेर हिँडेका दुईजना पक्राउ

बोरामा युवतीको शव बोकेर हिँडेका दुईजना पक्राउ

चितवन - भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट आज बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् । उनीहरूले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि नारायणी नदी किनारमा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

रेग्मीका अनुसार सलको पासो लगाई आत्महत्या गरेपछि अन्त्येष्टिका लागि बहिनीलाई नदीतर्फ लैजाँदै गरेको पक्राउ परेकाले बयान दिएका छन् । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । पक्राउ परेकाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । सो परिवारले नारायणगढमा फलफूल बिक्री गर्ने गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्