१० असार २०८३, बुधबार

बेलायतको संसदमा अर्धनग्नहरूको प्रदर्शन

बेलायतको संसदमा अर्धनग्नहरूको प्रदर्शन

काठमाडौं – जलवायु परिवर्तनको विरोध गर्ने एक समूहले अर्धनग्न भएर बेलायतको तल्लो सदन हाउस अफ कमन्समा सोमवार साँझ प्रदर्शन गरेका छन् । 

सांसदहरूले ब्रेक्जिटका विषयमा बहस गरिरहँदा प्रदर्शनकारीहरू पब्लिक ग्यालरीमा प्रवेश गरेका थिए । 

एक्सटिंक्सन रिबेलियन ग्रूपका ११ कार्यकर्ताले भित्री कट्टु मात्र लगाएर शरीरमा वातावरणवादी नारा पोतेका थिए । 

ट्विटरमा उक्त समूहले जलवायु तथा पर्यावरणीय संकटका विषयमा ध्यान आकर्षित गर्न चाहेको बताएको छ । 

प्रदर्शनकारीहरूले पब्लिक ग्यालरीको छेउमा उभिएर सांसदहरूलाई ढाड देखाएका थिए । प्रत्यक्षदर्शीका अनुसार, सांसदहरूलाई उनीहरूतर्फ नहेर्न निकै सकस परेको थियो । 

केही रिपोर्टमा आएअनुसार, वातावरण कार्यकर्ताहरूले पब्लिक ग्यालरी र संसद्को च्याम्बरबीचको शीशामा आफूलाई टाँस्न खोजेका थिए । 

उक्त विरोध प्रदर्शनले ब्रेक्जिट बहस रोक्न चाहिँ सकेन र प्रहरीले कार्यकर्ताहरूलाई कोठाबाट बाहिर निकाल्यो । 

आरटीबाट

salt training

कमेन्ट गर्नुहोस्