
काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राहत वितरण प्रभावकारी हुन नसकेको बताएका छन् । मंगलवार प्रचण्डले उक्त क्षेत्रको अनुगमन गर्दै राहत वितरणमा सरकार अझ प्रभावकारी तरिकाले लाग्नुपर्ने बताएका हुन् ।
हावाहुरी प्रभावित क्षेत्रमा प्रचण्डले हावाहुरीले भत्किएका सबै घर सरकारले बनाइदिने आश्वासन दिए । उनले हावाहुरी पीडित र प्रभावितहरूका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा भइरहेको बताए ।
अध्यक्ष प्रचण्डले नेकपाको तर्फबाट हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँको दरले राहत दिने विषयमा पनि छलफल भइरहेको बताएका छन् ।