२६ जेठ २०८३, मंगलबार

प्रति रात साढे १३ लाख शुल्क लाग्ने रिसोर्टमा ओबामाले एक महिना बिताउने

कात्तिक २०, २०७४
प्रति रात साढे १३ लाख शुल्क लाग्ने रिसोर्टमा ओबामाले एक महिना बिताउने

 

पापिटे (फ्रान्स), ३ चैत - अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि बुधबार फ्रान्स पुग्नुभएको स्थानीय टेलिभिजनले जनाएका छन् ।

स्थानीय टिभी च्यानल तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उहाँले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने तयारी गर्नु भएको छ ।

उहाँ आफ्नो परिवार विना नै पर्यटकिय टापु तहीतीमा उत्रिनुभएको थियो । ओबामा वातावरण मैत्री ब्राण्डो रिसोर्टमा बस्नुभएको छ । सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार ३०० युरो (१३ लाख ७७ हजार ६०० नेपाली) रहेको छ ।

यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट नगर्ने बताउनुभएको छ । उहाँले किन यस्तो एक महिने योजना बनाउनुभयो भन्ने स्पष्ट हुनसकेको छैन । साथै उहाँको परिवारका सदस्यहरु पछि उहाँसँगै आउने छन् की छैनन् भन्ने पनि यकिन भएको छैन ।

फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने १०० भन्दा बढी टापु भएको क्षेत्र हो । जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परिक्षण गरेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्