१६ असार २०८३, मंगलबार

ब्रुनाईमा समलैंगिक सम्बन्ध आजदेखि दण्डनीय अपराध, ढुंगाले हानेर मार्ने सजाय दिइने

ब्रुनाईमा समलैंगिक सम्बन्ध आजदेखि दण्डनीय अपराध, ढुंगाले हानेर मार्ने सजाय दिइने

काठमाडौं – ब्रुनाईमा बुधवारदेखि समलैंगिक सम्बन्ध दण्डनीय अपराध ठहर भएको छ । उक्त सम्बन्धमा रहने व्यक्तिलाई ढुंगा हानेर मार्ने सजाय तोकिएको छ । 

विवाहेतर सम्बन्ध राख्नेलाई पनि सजायस्वरूप ढुंगाले हानेर मार्ने कानून लागू गरिएको छ । 

चोरी गर्नेलाई हातगोडा काटिने दण्ड दिइने भएको छ । 

कठोर शरिया कानून राष्ट्रव्यापी रूपमा लागू गर्ने दक्षिणपूर्वी एसियाको पहिलो देश ब्रुनाई बनेको छ । साउदी अरब लगायतका पश्चिम एसियाली केही मुलुकमा शरिया फौजदारी संहितालाई राष्ट्रव्यापी रूपमा लागू गरिएको छ । 

ब्रुनाईका शक्तिशाली सुल्तान हसनल बोल्कियाहले कठोर कानून लागू गरेका हुन् । 

फौजदारी संहिता सन् २०१३ मा पहिलोपटक औपचारिक रूपमा प्रकाशन गरिएको थियो तर सरकारले कैयौं वर्षपछि यसलाई लागू गर्ने बताएको थियो । सबभन्दा विवादास्पद कानूनी प्रावधानलाई अन्तर्राष्ट्रिय आलोचनापछि लागू गर्न ढिलाइ गरिएको थियो । 

यी कानून लागू भएपछि ब्रुनाईमा भूमिगत रूपमा रहेका समलिंगीहरूको सानो समुदाय चिन्तित बनेको छ । 

हुन त समलैंगिकतालाई यसअघि नै अवैध ठहर गरिसकिएको भए पनि कठोर शरिया कानून लागू गर्न ढिलाइ हुँदा समलैंगिकहरू सुरक्षाको भ्रममा बाँचिरहेको तर अहिले तीतो वास्तविकताले उनीहरूलाई स्तब्ध बनाएको समलिंगी अधिकार अभियन्ता रायन सेल्भिरोले बताए ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्