११ असार २०८३, बिहीबार

प्रहरीबाटै व्यवसायीको अपहरण, यसरी भयो अप्रेसन

कात्तिक २०, २०७४
प्रहरीबाटै व्यवसायीको अपहरण, यसरी भयो अप्रेसन

काठमाडौं, ४ चैत - प्रहरीका दुई अधिकृतले नै दुई महिनाअघि मेनपावर व्यवसायीको अपहरण गरी करिब डेढ करोड फिरौतीको कागज गरेर रिहा गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी नायब निरीक्षक (सइ)द्वय सम्बत लामा र सूर्यबहादुर थापाले अन्य दुई व्यक्तिसँग मिलेर मेनपावर व्यवसायी बद्री राईलाई अपहरण गरेका हुन् । दुवै सइसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले गत १ माघमा धुम्बाराहीस्थित टाइगर ओभरसिजका सञ्चालक बद्री राईलाई अपहरण गरेका थिए । अपहरणमा संलग्न सइसहित काभ्रेका अर्जुन कुमार लामा र रुपन्देहीका राजकुमार गुरुङलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई अपहरण मुद्दामा कारबाही अघि बढाइएको महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्कीले बताए । तस्करीको १५ किलो सुन लुटेको र त्यसवापतको पैसा चाहिने भन्दै उनीहरुले त्यसरी अपहरण गरेको प्रहरीले जनाएको छ ।jail

राईलाई कोटेश्वरबाट अपहरण गरिएको थियो । उनीहरुले राइलाई दिउसो करिब १ बजे कोटेश्वरमा भेट्न बोलाएर मोटरसाइकलमा राखी गौरीगाउ“स्थित बाजेको सेकुवा रेष्टुरेन्टमा पुर्या‍एका थिए । रेष्टुरेन्टकै कोठामा बन्धक बनाई उनीहरुले २ लाख ३० हजार नगद लिएका थिए । त्यस्तै २५-२५ लाखको चेक काट्न लगाउनु्का साथै चारै जनालाई थप २५-२५ लाख दिने तमसुक बनाएर छाडिदिएका थिए । घटनाको करिब २ महिनापछि गत मंगलबार मात्र मेनपावर व्यवसायी राईले उजुरी गरेका हुन् । अपराध महाशाखाका डिएसपी अजय केसीको नेतृत्वमा मंगलबादेखि सुरु भएको अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् ।


आजको नयाँ पत्रिका लेख्छ- अपरहणमा परेका राईलाई अपहरणकारीको बारेमा विस्तृता थाहा थिएन । राजकुमार गुरुङको फोटो थियो । सोही फोटोका आधारमा डिएसपी केसीले खोजी सुरु गरे । बुधबार उनी लतिलपुरको भैंसेपाटीमा रहेको खुल्यो । उनी भारत जाने तयारीमा थिए । उनकै एक साथीलाई प्रहरीले प्रयोग गरी उनलाई पक्राउ गरेको हो । भारत जान लागेको थाहा पाएपछि ‘एक जना डिएसपीसाबको छोरा भारतमा हुनुहुन्छ, उहाँको लागि एउटा किताब लगिदिनुपर्यो‍’ भन्दै एक साथीमार्फत उनलाई आग्रह गरियो । एयरपोर्टमै किताब लिने सहमति भयो । डिएसपी केसीले एउटा किताब किनेर एक व्यक्तिलाई एयरपोर्टमा पठाए । किताब लिएलगत्तै उनको हातमा प्रहरीको हत्डकी लाग्यो । डिएसपी केसी उनलाई भैंसेपाटीदेखि नै पिछा गरी रहेका थिए । विमानस्थलमा पहिले नै एउटा टोली खटिसकेको थियो ।

पक्राउ परेलगत्तै उनले घटना स्वीकारे । काभ्रेका अर्जुन लामा नामक व्यक्तिको प्रस्तावमा उक्त अपहरण भएको उनले बताएका छन् । केही क्षणमै तामाङ पनि जडिबुटीबाट पक्राउ परे । घटनामा २ जना सईको पनि संलग्नता खुलेपछि महाशाखाले बुधबार नै आफ्ना २ सईलाई पनि नियन्त्रणमा लिएको हो । दुवै जना गौशला वृत्तमा सादा पोशाकमा काम गर्ने प्रहरी हुन् । लोभमा फसेर आफुहरुले उक्त काम गरेको उनीहरुले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्