०६ असार २०८३, शनिबार

दर्जनौं सांसद विदेश सयरमा

कात्तिक २०, २०७४
दर्जनौं सांसद विदेश सयरमा
काठमाडौ, ४ चैत - सभामुख ओनसरी घर्तीमगरलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै विदेश सयरमा छन् भने केही दर्जन विदेश भ्रमणको तयारीमा छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ |
निर्वाचन आयोगले मुलुकलाई प्रतिनिधित्व गर्नेबाहेक अन्य प्रयोजनका लागि कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्ति विदेश भ्रमणमा जान नहुने आचारसंहितामा स्पष्ट गरे पनि दर्जनौं सांसदहरू अध्ययन भ्रमण, गोष्ठी र सेमिनारको बहानामा विदेश घुमिरहेका छन् भने तीन दर्जनभन्दा बढी सांसद संसद्का कर्मचारीसहित विदेश भ्रमणको तयारी गरिरहेका छन् ।
संसद् सचिवालयका अनुसार राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीमगर र सोही समितिका सदस्य माओवादी केन्द्रका सांसद सन्तु दरै सभामुख ओनसरी घर्तीमगरलाई समेत जानकारी नदिई जापान पुगेर फर्केका छन् ।

संसद्को महिला, बालबालिका समितिका चार सांसद मंगलबार अमेरिका गएका छन् । सभामुख ओनसरी घर्तीमगरलाई कुनै जानकारी नदिई महिला, बालबालिका समिति सभापति रञ्जु ठाकुर, कांग्रेस सांसदद्वय अतहर कमाल मुसलमान र सरिता प्रसाईं तथा माओवादी केन्द्रकी सांसद अनिता परियार महिला सशक्तीकरणसम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका गएका हुन् ।
यस्तै सभामुख र संसद् सचिवालयलाई कुनै जानकारी नदिई कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितका सांसद कोरिया पुगेर फर्केका छन् ।
यता विकास समिति, अर्थ समिति र अन्तर्राष्ट्रिय समितिका सांसद तथा कर्मचारी पनि यसै साता विदेश भ्रमणको तयारीमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्