
काठमाडौं, ४ चैत — बेलायती जासूसी उपकरण नियोग जीसीएचक्युले डोनाल्ड ट्रम्पको निर्वाचन अभियानका बेलामा जासूसी गरेको आरोपलाई एक वक्तव्य निकालेर खारेज गरेको छ ।

ह्वाइट हाउसका प्रेस सचिव सीन स्पाइसरले केही दिनअघि अमेरिकी टिभी च्यानल फक्स न्युजमा गरेको दाबीलाई उद्धृत गर्दै नियोगले वक्तव्य निकालेको हो ।
जीसीएचक्युले यी आरोपहरू ‘बकवास, हास्यास्पद र बेवास्ता गरिन योग्य’ भनी प्रतिक्रिया दियो ।
ट्रम्पले उनको न्युयोर्कस्थित ट्रम्प टावरमा जासूसी गरिएको दाबी गरेका थिए ।
जीसीएचक्युसम्बन्धी दाबी शुरुमा पूर्वन्यायाधीश एन्ड्रु नापोलितानोले लगाएका थिए ।
स्पाइसरले नापोलितानोलाई उद्धृत गर्दै पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्पमाथि जीसीएचक्यु प्रयोग गरेर जासूसी गरेको आरोप लगाएका थिए ।
बीबीसीबाट