
काठमाडौं, ४ चैत– नेकपा एमालेले चुनावबाट भाग्नका लागि बहाना नखोज्न सत्ता गठबन्धनलाई चेतावनी दिएको छ ।
मेची महाकाली राष्ट्रिय अभियानको समापन घोषण गर्न कञ्चनपुरको महेन्द्र नगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेले संविधान संशोधन विना निर्वाचन हुन सक्दैन भन्नु गलत भएको बताएको छ ।
कञ्चनपुर एमाले कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले संशोधन असंवैधानिक र जनहितविपरितको भएका कारण कुनै पनि हालतमा पास हुन नसक्ने दावी गरे । उनले संशोधन नभई चुनाव हुनसक्दैन भन्ने सोच अर्थहीन र हानीकारक तर्क भएको बताए ।
एमालेले मुलुकको आवश्यकता रजनातको चाहना संविधान कार्यन्वयन भएको भन्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु पर्ने बताएको छ ।
एमालेले मत्थर भइसकेको जातीय/क्षेत्रीय अतिवाद र सामाजिक विद्वेष वर्तमान सरकार गठनसँगै फेरि शिर उठाउन थालेको बताएको छ ।