२५ जेठ २०८३, सोमबार

धोनीले गरे पुरानो मदिरासँग हरभजन र ताहिरको तुलना

धोनीले गरे पुरानो मदिरासँग हरभजन र ताहिरको तुलना

एजेन्सी- चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह 'धोनी'ले स्पिनर हरभजन सिंह र इमरान ताहिरको तारिफ गर्दै पुरानो मदिरासँग उनीहरूको तुलना गरेका छन् ।

धोनीले भने, 'उनीहरूको उमेर उस्तै छ । उनीहरू पुरानो मदिरा जस्तै छन्, जो लगातार खारिइरहेका छन् ।'

हरभजन र ताहिरले आफ्नो प्रदर्शनबाट उमेर एक नम्बर मात्र प्रमाणित गरेको धोनीको भनाइ छ ।  

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नईले कोलकातालाई सात विकेटले हराएको हो । 

हरभजन र ताहिरको प्रशंसा गर्दै धोनीले भने, 'खेलको कुनै पनि फर्म्याट होस्, भज्जीको सबै खेलमा शानदार प्रदर्शन हुन्छ । ताहिरको कुरा गरौं- जब टीमलाई जरुरत हुन्छ, हमरान सधैं आफ्नो सर्वश्रेष्ठ दिन्छन् । समग्रमा टीमको बलिङ निकै मजबूत छ । सबै बलरको प्रदर्शन शानदार छ ।'

 

salt training

कमेन्ट गर्नुहोस्