०९ असार २०८३, मंगलबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्न प्रदेश सरकारको माग

चैत २७, २०७५
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्न प्रदेश सरकारको माग
फाइल फोटो

सुर्खेत- कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा सञ्चालन गर्न संघीय सरकारलाई अनुरोध गरेको छ ।

मन्त्रिपरिषद्को यही फागुन २७ गतेको बैठकले कर्णालीमा प्रतियोगिता सञ्चालन हुने गरी व्यवस्था मिलाउन संघीय सरकारसमक्ष अनुरोध गरेको हो । सामाजिक विकासमन्त्री दल रावलले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सञ्चालन हुन सके खेल क्षेत्रको पूर्वाधारको विकासमा ठूलो टेवा पुग्ने बताए ।

‘संघीय सरकारले यो निर्णय अनुमोदन गरेमा आवश्यक पूर्वाधारहरूको विकास गर्न प्रदेश सरकार तयार छ,' उनले भने, ‘कर्णालीमा खेल क्षेत्रको विकासका लागि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहाँ आयोजना गर्न अनुरोध गरेका हौं ।’ मन्त्री रावलले नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने व्यवस्था मिलाउनका लागि राष्ट्रिय खेलकूद परिषद्सँग पनि प्रस्ताव राखिएको जानकारी दिए ।

आठौं राष्टिय खेलकुद प्रतियोगिता आगामी वैशाखमा प्रदेश ५ को नेपालगञ्जमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्