०४ असार २०८३, बिहीबार

सचिवको कार्यकक्षमा किन लगाए मन्त्रीले ताला ?

चैत २८, २०७५
सचिवको कार्यकक्षमा किन लगाए मन्त्रीले ताला ?

हेटौँडा–काम नगरेको भन्दै प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयका सचिव लोकनाथ पौडेलको कार्यकक्षमा तालाबन्दी गरिदिनुभएको छ ।

काम नगरेको भन्दै मन्त्री दुलालले काम नगर्नुको कारण सोधेर लिखित स्पष्टीकरण सोधे पनि सचिव पौडेलले नटेरेपछि र नियमित कामकारवाहीसमेत अगाडि नबढाएपछि सचिवको कार्यकक्षमा आफूले तालाबन्दी गरिदिएको सामाजिक विकासमन्त्री दुलालले बताउनुभयो । 

मन्त्रालयमा हाजिर भएदेखि कुनै फाइल निर्णय नगर्ने, मन्त्रालयका आफ्नो मातहतका कर्मचारीलाई हप्की दप्की गरी अमर्यादित व्यवहार प्रदर्शन गर्नेलगायत कारणले हैरान भएर यस्तो कदम चालिएको मन्त्री दुलालको भनाइ थियो ।  

उहाँले भन्नुभयो, “सचिव पौडेल आएपछि उहाँको कारणले कुनै पनि काम अगाडि बढेको छैन, कर्मचारीहरूले पनि गुनासो गरेका छन् । सचिवले काम सम्पादन नगरेकाले, अघिल्लो मितिमा कुनै फाइल सदर गर्न नपाऊन् भन्ने उद्देश्यले ताला लगाइएको हो ।” सचिवले फाइलहरू चाङ बनाएर आफूभन्दा अग्लो बनाएको तर निर्णय नगरेको मन्त्रीको गुनासो छ । 

salt training

कमेन्ट गर्नुहोस्