
काठमाडौं– विश्वकै चर्चित इन्टरनेट गेम पब्जी नेपालमा प्रतिबन्ध लगाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीवारदेखि सो खेलमाथि प्रतिबन्ध लगाएको हो ।
प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको छ ।
दुरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले जिल्ला अदालत काठमाडौंको आदेश र सीआईबीको आग्रहमा पब्जी खेलमाथि प्रतिबन्ध लगाएको लोकान्तरलाई बताए ।
पब्जीले अपराध बढाएका कारण नेपालमा प्रतिबन्ध लगाउनुपरेको बताए । भारतका केही ठाउँहरूमा समेत उक्त खेलमाथि प्रतिबन्ध लागेको उनले बताए ।