१५ असार २०८३, सोमबार

सीके राउत, भारतीय राजदूत र प्रदेश प्रमुखबीच एयरपोर्टमा जम्काभेट ! (तस्बिरसहित)

सीके राउत, भारतीय राजदूत र प्रदेश प्रमुखबीच एयरपोर्टमा जम्काभेट ! (तस्बिरसहित)

काठमाडौं–सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएका सीके राउत र भारतीय राजदूत मन्जिभ सिंहबीच जनकपुर एयरपोर्टमा भेटवार्ता भएको छ ।

सो क्रममा प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ पनि सहभागि थिए । 

बिहीबार मध्यान्ह काठमाडौं प्रस्थानका लागि भारतीय राजदूत विमानको प्रतिक्षामा थिए । त्यही बेला काठमाडौंबाट जनकपुर फर्किएका सीके राउत र प्रदेश प्रमुख कायस्थसँग पुरीको जम्काभेट भएको बताइएको छ ।  

जम्काभेट भएपनि तीनै जना व्यक्ति विमानस्थलका विशिष्ट कक्षमा बसेर केहीबेर भलाकुसारी भएको थियो । 

सो क्रममा सीके राउतको जनमत पार्टी गठन भएपछिको राजनीतिक माहोल, प्रदेश २ को समयसामयिक अवस्था र नेपाल भारतबीचको सम्बन्धका विषयमा सामान्य छलफल भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्