०४ असार २०८३, बिहीबार

अवैध सम्बन्धपछि भाइले दुबै आँखा फुटाइदिए

कात्तिक २०, २०७४
अवैध सम्बन्धपछि भाइले दुबै आँखा फुटाइदिए
काठमाडौं, ३ चैत–भारत उत्तर प्रदेशको राजधानी लखनउसँगै जोडिएको उन्नाव जिल्लाको एक गाउँमा बलात्कारको गम्भीर मामला सार्जजनिक भएको छ ।
बीबीसीका अनुसार बलात्कारका अभियुक्तका भाइले पीडित महिलाको दुबै आँखासमेत फुटाइदिएका छन् ।
अभियुक्तका परिवारले युवतीको परिवारलाई बलात्कारको केस फिर्ता लिन दवाव दिएका थिए ।

उत्तर प्रदेश प्रहरी महानिर्देशक जावीद अहमदले लखनउमा पत्रकारहरुलाई भने, ‘यो घटना धेरै गम्भीर छ, आरोपीलाई चाँढै नै पक्राउ गरी सजाय दिइन्छ ।’

बलात्कारको यो घटना बलदेब खेडा गाउमा भएको हो । जहाँ १९ वर्षकी यी युवती विहान घरबाट करिब १०० मिटर पर शौचालय गएको बेला आक्रमणको शिकार भएकी थिइन् ।
जब उनी फर्किनन् त्यसपछि उनका परिवार खोजी गर्न निस्किएका थिए । खोजी गर्ने क्रममा उनलाई खेतमा घाइते अवस्थामा फेला पारेका थिए ।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई कानपुरको सरकारी अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएसँगै उनलाई कानपुरकै एक निजी अस्पताल भर्ना गरिएको छ ।

उन्नव प्रहरीका अनुसार पीडित माथि पुत्तन नामको एक व्यक्तिले साथीको सहायतामा गरेका थिए । युवतीका पिताका अनुसार अभियुक्त मुन्नाका भाई पुत्तन तथा उसका तीन साथले पहिलो उनकी छोरीलाई बासले प्रहार गरेर र आँखामा धारिलो हतियार प्रहार गरे ।
युवतीको यस अघि सन् २०१५ मा आफ्नो घर नजिकै गाई चराउन गएको बेला मुन्ना र उनको साथीले सामूहिक बतात्कार गरेका थिए । बलात्कारको केस दर्ता गर्दा प्रहरीले नमाने पनि पछि बलात्कार पुष्टि भएसँगै आरोपीलाई नियन्त्रणमा लिएर केही समयमा छोडेको थियो ।

बलात्कृत भएकी ती युवतीले बच्चासमेत पाएकी थिइन् तर केही समयमा नै बच्चाको मृत्यु भयो ।

salt training

कमेन्ट गर्नुहोस्