
बागलुङ–गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोटको एैतिहासिक महत्व झल्किने गरि योजना निर्माण गर्नुपर्ने बताएका छन् ।
गलकोट संस्कृति संरक्षण तथा समाज विकास मञ्चको २५ औ वार्षिकोत्सब तथा चैते दशै मेलाको अबसरमा बोल्दै उनले गोलकोटको पुरातात्विक तथा ऐतिहासिक पक्षको संरक्षणको लागि नगरपालिकाले सधै सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

नगरप्रमुख गैरेले गलकोटलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्नुपर्ने बताए । उनले गलकोट संस्कृति संरक्षण तथा समाज बिकास मञ्चले गलकोटको संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशसा गरे ।
मेलाको अबसरमा नयाँ संरचनाको वडास्तरीय पुरुष भलिबल प्रतियोगता समेत आयोजना गरियो । जसमा गलकोट सप्लायर्स एण्ड होम डेकोरेशनले गलकोट स्पोर्टस हाउस हटियालाई पराजित गरेको छ । उपाधि बिजेताले नगद ४१ हजार प्राप्त गरेको छ । त्यस्तै सामूहिक लोक नृत्य प्रतियोगितामा गलकोट सांस्कृतिक नृत्याङ्गना गलकोट माध्यामिक विद्यालय प्रथम, रोयल डान्स कल्ब हटिया दोस्रो र गोल्डेन फ्युचर बोडिङ स्कुल डाडाखेत तेस्रो भएको मेला आयोजक मध्येका एक गगन कुँवरले जानकारी दिए ।

कार्यक्रममा गलकोट नगरपालिका बाड नम्बर ३ को महिला जागरण केन्द्र हटिया, कोतमैदान आमा समुह, बोहोराफाँट आमा समुह, जनजागृतिथ आमा समुह लगायतले घुम्टे साईला, सालैजो, रत्यौली गीत लगायतका सांस्कृतिक प्रदर्शनी प्रस्तुत गरेका थिए । सोही अवसरमा र दीपक गन्दर्भले सारङ्गी प्रस्तुत गरेका थिए । चैतेदशै मेलाको अबसरमा कलाकार निसा श्रीस, रेशम निर्दोश, बिमल भण्डारी चिना थापा, संगित प्रेमी रिमा बस्नेत लगायतका कलाकारले सांगितिक प्रस्तुति दिएका थिए ।
यसैबीच चैते दशैंको दिन गलकोट नगरपालिका वडा नम्बर ३ हटिया कोटमैदानमा बसोबास गर्ने स्थानीय गन्दर्भ जातीले सराय नाँच प्रदर्शन गरेका छन् । असत्यमाथि सत्य र विजयको खुसियाली स्वरुप हर्षोल्लासका साथ नाचिने सराय नाचले चतैदसैँको महत्वलाई थप बलियो बनाएको गलकोट नगरपालिका वडा नम्बर ३ का वडा सदस्य बेल बहादुर बोहोराको भनाई छ ।

चैतेदशै पर्वसँग जोडिएको सराय नाचको आफ्नै मौलिकता र धार्मिक तथा सांस्कृतिक महत्व पनि रहेको मन्दिरका संरक्षक तथा राज परिबारका सदस्य मञ्जेश बम मल्लले बताए । सराय नाच इतिहास भएको हुँदा यसको संरक्षण र प्रवर्द्धनमा युवापुस्ताले चासो दिनुपर्ने गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जोड दिए ।