११ असार २०८३, बिहीबार

मोदीविरुद्ध लड्दैछिन् प्रियंका गान्धी ? कांग्रेसले गर्दैछ धरातलीय आँकलन

मोदीविरुद्ध लड्दैछिन् प्रियंका गान्धी ? कांग्रेसले गर्दैछ धरातलीय आँकलन

काठमाडौं – भारतमा लोकसभा निर्वाचन चलिरहँदा कांग्रेस महासनिव प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनाव लड्न सक्ने खबर फेरि आएको छ । 

कांग्रेसले वाराणसी सीटबाट आफ्नो उम्मेदवार अहिलेसम्म घोषणा गरिसकेको छैन । कांग्रेस कार्यकर्ताहरू पनि प्रियंकालाई चुनाव लड्न भनिरहेका छन् । 

प्रियंकाले आफैं पनि चुनाव प्रचारका क्रममा वाराणसी सीटबाट चुनाव लड्ने संकेत दिइसकेकी छन् । तर प्रियंकाको उम्मेदवारीका विषयमा कुनै फैसला हुन सकेको छैन । 

पार्टीले अहिले वाराणसीमा आन्तरिक सर्वेक्षण गराएर चुनावी आँकलन पनि गरिरहेको छ । सूत्रहरूका अनुसार, कांग्रेस महासचिवको उम्मेदवारीको निर्णय पार्टी अध्यक्ष राहुल गान्धीले नै लिनेछन् । 

कांग्रेस नेतृत्वले प्रियंका गान्धीको उम्मेदवारीको अनुमानमा मौनता साँधेका छन् । कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले लोकसभा चुनावमा प्रियंकाको उम्मेदवारीको सम्भावनालाई खारेज पनि गरेका छैनन् । उनले भने, ‘यस विषयमा कुनै फैसला लिइएमा यसको बारेमा जानकारी दिइनेछ ।’

पार्टी सूत्रहरूका अनुसार, इलाहाबाद र वाराणसीमा आन्तरिक सर्वेक्षण गरेर कांग्रेसको स्थितिको आँकलन गरिएको छ । पार्टीले दुवै सीटमा कुनै उम्मेदवारको घोषणा गरेको छैन । 

प्रियंका सन् २०१९ देखि औपचारिक रूपमा पार्टीको राजनीतिमा सामेल भएकी हुन् र उनलाई पूर्वी उत्तर प्रदेशको प्रभारी महासचिव नियुक्त गरिएको छ । पार्टी सूत्रहरूका अनुसार, उनी सन् २०१४ मै प्रधानमन्त्री मोदीविरुद्ध उठ्न चाहन्थिन् । मोदीविरुद्ध उनी बलियो उम्मेदवारका रूपमा हेरिएकी छन् ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्