०७ असार २०८३, आइतबार

विश्वकै सबैभन्दा ठूलो विमानको परीक्षण उडान, एउटा पखेँटा फूटबल मैदानभन्दा ठूलो

विश्वकै सबैभन्दा ठूलो विमानको परीक्षण उडान, एउटा पखेँटा फूटबल मैदानभन्दा ठूलो

एजेन्सी- संसारको सबैभन्दा ठूलो विमानले पहिलो परीक्षण उडान गरेको छ ।

‘स्ट्राटोलञ्च’ नाम दिइएको विमानलाई अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एक मरुभूमिबाट शनिवार उडाइएको थियो । 

लगभग साढे दुई घण्टा चलेको परीक्षण उडान क्यालिफोर्नियाको मोजावे मरुभूमिमा गरिएको थियो ।  

विमानमा ६ वटा बोइङ ७४७ इन्जिन लागेको छ । विमान यति ठूलो छ कि यसको एउटा पखेटा फुटबल मैदानभन्दा ठूलो छ । यसलाई ‘स्केल्ड कम्पोजिट्स इन्जीनियरिङ कम्पनी’ले तयार पारेको हो । 

विमानलाई रकेट लिएर अन्तरिक्षसम्म उडान भर्ने हिसाबले निर्माण गरिएको छ ।

कमेन्ट गर्नुहोस्