काठमाडौं, ४ चैत — हिन्दूहरूका आराध्यदेव शिवजीसँग पूरा विश्व परिचित छ । अमेरिकामा पनि भगवान् शिवलाई मान्ने मानिसहरू बढ्दै गएका छन् ।

क्यालिफोर्नियामा महाकालेश्वर ज्योतिर्लिंग स्थापित गरिएको छ । क्यालिफोर्नियामा घुम्न लायक कुरा के हुन् भनी इन्टरनेटमा सर्च गर्नुभयो भने सान्ता क्लारामा रहेको मन्दिर पनि सूचीकृत गरिएको छ ।
उक्त मन्दिरमा पूजा गरिने शिवलिंग दुई टन ग्रेनाइटबाट बनेको छ र यो शिवलिंगमा एक हजार आठ ससाना शिवलिंग पनि बनाइएका छन् । उनीहरूलाई सहस्रलिंगम भनिन्छ ।
यो मन्दिर सदाशिवम् फाउन्डेसनले बनाएको हो । सन् २०१० मा मन्दिरको उद्घाटन गरिएको थियो । मन्दिरमा सम्बा मूर्ति पुजारी छन् । उनी दक्षिण भारतको कालीकम्बल मन्दिरका प्रधान पुजारी थिए ।
एजेन्सीको सहयोगमा