काठमाडौ, ५ चैत – निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्र’ भन्ने शब्दावली हटाइदिएको छ । राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकतापछि आयोगमा पठाइएको राप्रपाको विधानबाट संविधानविपरीतका शब्द समेटिएको भन्दै आयोगले राजतन्त्र र हिन्दु राष्ट्र शब्दावली झिकेर विधान स्वीकृत गरेको खबर अन्नपूर्ण पोस्टमा छ |

राप्रपा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको नारा लिएर चुनावमा जाने तयारी गरेको थियो ।
‘राप्रपाको विधानमा रहेका संविधानविपरीतका शब्दहरू आयोगले हटाएको हो’, आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘ती शब्द हटाएर आयोगले राप्रपाको विधान स्वीकृत गरेको छ ।’ दलको उद्देश्य धार्मिक र साम्प्रदायिक देखिएमा दल दर्ता गर्न इन्कार गर्न पाउने अधिकार आफूसँग भएको आयोगले स्पष्ट गरेको छ ।