११ असार २०८३, बिहीबार

फेसबूक चोकमा आगलागी, १५ लाख बढीको क्षति

फेसबूक चोकमा आगलागी, १५ लाख बढीको क्षति

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका-६ फेसबूक चोकमा आगलागी भएकाे छ । साेही स्थान बस्ने बीरबहादुर भट्टराईको घरमा आगलागी हुँदा करीब १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको हाे ।

भट्टराईको घरमा  बिजुलीको तार सर्ट भएर आगलागी हुँदा टिनको छानो भएको दुई तले घर, घर भित्र रहेको लत्ता कपडा, भाँडावर्तन, काठपात, अन्नलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय माेरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्