१२ असार २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकको 'मेरो पहिलो बचत खाता' सञ्चालनमा

मुक्तिनाथ विकास बैंकको 'मेरो पहिलो बचत खाता' सञ्चालनमा

काठमाडौं- स्थापनाकालदेखि नै '१ व्यक्ति–१ खाता, १ परिवार–१ उद्यमी' नारा आत्मसाथ गर्दै ग्राहकहरूलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको 'समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता' भन्ने नारासहित 'खोलौ बैंक खाता अभियानलाई-२०७६' लाई सफल पार्नको लागि नयाँ बचत योजना 'मेरो पहिलो बचत खाता' सञ्चालन गरेको छ ।

२०७६ वैशाख १ गतेदेखि लागू हुने उक्त बचत खाता खोल्ने व्यक्तिलाई खाता खोल्ने बित्तिकै बैंकले सय रुपैयाँ नगद खातामा जम्मा गरिदिने र ग्राहकहरूको मोबाइल नम्बरमा सय रुपैयाँ बराबरको रिचार्ज (टपअप) गरिदिने छ । 

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा र देशैभरि भिजा नेटवर्क अन्तर्गत रहेका करीब ३०० एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरू उपलब्ध छन् ।

हालसम्म बैंकले देशैभरि आफ्ना ११४ वटा शाखा र २२ वटा एटीएमबाट करीब ६ लाख ग्राहकलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्