१० असार २०८३, बुधबार

मन्त्रिपरिषद् निर्णय : सचिवहरूको सरूवा बढुवादेखि 'सगरमाथा संवाद' सञ्चालन गर्नेसम्म

मन्त्रिपरिषद् निर्णय : सचिवहरूको सरूवा बढुवादेखि 'सगरमाथा संवाद' सञ्चालन गर्नेसम्म

काठमाडौं- सरकारले ट्राफिक प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीवार पत्रकार सम्मेलन गर्दै वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले यस निर्देशिकालाई स्वीकृत गरेको जानकारी गराएका हुन् । 

त्यस्तै मन्त्रिपरिषद् बैठकले सगरमाथा संवाद सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले शैक्षिक सत्र, २०७६ को विद्यार्थी अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरी पोखरास्थित प्रदेश नम्बर ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरेको छ । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कायम मुकायम गरी प्रदेश नम्बर १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवमा पदस्थापन गरेको छ । 

सरकारले स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ । 

फोटोमा हेर्नुहोस् मन्त्रिपरिषद्ले गरेका १२ निर्णय : 

salt training

कमेन्ट गर्नुहोस्