१० असार २०८३, बुधबार

समाचार लेख्दा पक्राउ परेका पत्रकार गिरी रिहा भए

समाचार लेख्दा पक्राउ परेका पत्रकार गिरी रिहा भए

काठमाडौँ–प्रहरी हिरासतमा रहेका पत्रकार अर्जुन गिरी काठमाडौँ जिल्ला अदालतको आदेशमा आज रिहा भएका छन् । 

 पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्युज डटकम’का सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध कानूनअन्तर्गत पक्राउ परेको भनी नेपाल पत्रकार महासङ्घ र विभिन्न सङ्गठनले विरोध गर्दै आएका थिए । न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई साधारण तारेखमा छाड्न आज आदेश दिएको थियो ।

सम्पादक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यही वैशाख २ गते पोखराबाट पक्राउ गरेको थियो । प्रकाशित समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानूनी प्रावधान विपरीत पत्रकारमाथि विद्युतीय कारोवार ऐनमा कारवाही चलाइएकामा आपत्ति जनाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्