१० असार २०८३, बुधबार

एनसेलले ल्यायो एसईई दिएका विद्यार्थीलाई सिम अफर

एनसेलले ल्यायो एसईई दिएका विद्यार्थीलाई सिम अफर

काठमाडौं – नेपालको निजी क्षेत्रको टेलिकम सञ्चालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ ।

पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरू, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट छन् ।

विद्यार्थीले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीले एसईईको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो १ थान लिएर जानुपर्ने छ ।

एसईई सिममा समाविष्ट अफर अन्तर्गत १७.७० रुपैयाँमा दैनिक डाटा प्याक दिनको प्याकमा ३०० एमबी, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राति ११ बजेदेखि बिहान ७ बजेसम्म कायम रहने जनाइएको छ ।

सिम सुचारु गरेपछि ग्राहकले ५० रुपैयाँ वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबी डाटा र १०० एसएमएस सित्तैमा प्राप्त गर्नेछ ।

माइ फाइभ सेवा १ वर्षको लागि निःशुल्क प्राप्त हुनेछ । जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरसँग ३० दिनका लागि ० पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि जोडिन सक्नुहुनेछ ।

पहिलो सिम अफर २०७६ वैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरिएको छ । थप जानकारी १७१०३ डायल गरी प्राप्त गर्न सकिने एनसेलले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्