
काठमाडौं – अमेरिकामा एक छोराले बुवासँग क्षतिपूर्ति मागेको अनौठो घटना सार्वजनिक भएको छ ।
मिशिगनमा बस्ने एक व्यक्तिले आफ्ना मातापितासँग लगभग १ करोड रुपैयाँ क्षतिपूर्ति लिनका लागि मुद्दा दायर गरेका छन् । मातापिताले उसको महंगो पोर्न संकलन नष्ट गरिदिएका थिए ।
छोरा घरबाहिर हुँदा आमाबुवाले संकलन नै नष्ट गरिदिएका रहेछन् ।
उक्त व्यक्तिको नाम सार्वजनिक भएको छैन तर उसले अदालतलाई आफ्नो संकलन मूल्यवान रहेको बतायो ।
पिताले भने छोराको मानसिक अवस्थामा प्रश्न उठाएका छन् । उनले भने, ‘एक समयमा तिमीले यी कुरा बुझ्नेछौ ।’
छोराले आफूसँगको संकलन लगभग ३५ लाख रुपैयाँ बराबरको भएको दाबी गरेका छन् । उनले १२ वटा बाकसमा उक्त संकलन गरेका थिए ।
पिताले पोर्नको ठाउँमा कोकिन भएको भए पनि त्यसैगरी नष्ट गर्ने थिएँ भने ।
छोराले भने, ‘तपाईंलाई मेरो सामान मन परेको थिएन भने भन्द्या भए हुन्थ्यो । मैले सामान अन्तै लग्थें तर तपाईंले मसँग प्रतिशोध लिनका लागि नष्ट गरिदिनुभयो ।’
एजेन्सी