२६ जेठ २०८३, मंगलबार

नख्खु बमकाण्डका आरोपी भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश, रिहा भएलगत्तै फेरि समातिए

नख्खु बमकाण्डका आरोपी भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश, रिहा भएलगत्तै फेरि समातिए

काठमाडौँ – नख्खु् बमकाण्डका आरोपी सूर्य भुजेललाई रिहा गर्न  सर्वोच्च अदालतले आदेश दिएको छ। 
न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो । 

नेत्रविक्रम चन्द समूहका नेता भूजेललाई महानगरीय अपराध महाशाखाले नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो ।

महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध,विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको थियो।

यसैबीच सर्वोच्चको आदेशपछि रिहा भएका भूजेल पुनः पक्राउ परेका छन् ।  उनी अहिले काठमाडौं परिसरको हिरासतमै छन् । उनलाई पुनः पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्