०४ असार २०८३, बिहीबार

दाङमा अज्ञात समूहले गाडी जलायो

दाङमा अज्ञात समूहले गाडी जलायो

काठमाडौं–दाङमा अज्ञात समूहले हाइस गाडीमा आगजनी गरेको छ ।
बिहिवार राति तुलसीपुर अमिलिया सडकखण्डमा बा३ ख ८५९३ नम्बरको  गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बिग्रिएर जगलमा रोकिराखेको सो गाडीमा अज्ञात समूहले आगजनी गरेको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियोे ।
यता इलाका प्रहरी कार्यालयका प्रमुख प्रेमबहादुर शाहीले गाडीमा आगजनी गर्ने समूहको खोजीकार्य भइरहेको जानकारी दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्