११ असार २०८३, बिहीबार

माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति, एक खाता योजना’

माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति, एक खाता योजना’

काठमाडौं-  माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान २०७६’ अन्तर्गत ‘एक व्यक्ति, एक खाता योजना’ ल्याएको छ ।

कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले सय रुपैयाँ खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ ।

५% आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनै पनि फोटोसहितको परिचयपत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्फत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।

बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ वटा शाखाहरू र ८३ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १८२ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर १२१ वटा एटीएमहरू सञ्चालानमा रहेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्