२६ जेठ २०८३, मंगलबार

अभिनेताको घरबाटै कार चोरी

अभिनेताको घरबाटै कार चोरी

एजेन्सी- वेव सिरिज 'मिर्जापुर' र 'दिल्ली क्राइम'मा मुख्य भूमिका निभाएका अभिनेता राजेश तैलंग यतिबेला चर्चामा छन् । घरबाट कार चोरी भएपछि तैलंगको चर्चा भएको हो ।

कार किनेको पाँच महिनामै चोरी भएको उनले जानकारी दिए । उनले कार चोरी भएपछि शुक्रवार प्रहरीमा उजुरी पनि दिएका छन् । घटनाको जानकारी उनले सामाजिक सञ्जाल ट्विटरबाट दिएका हुन् । 

— Rajesh Tailang (@rajeshtailang) April 19, 2019

उनले ट्विटरमा लेखेका छन्, 'मेरो नयाँ कार चोरी भएको छ । कार मयूर विहार-२ स्थित मेरो घरमा थियो ।' उनले दिल्ली प्रहरीलाई सहयोग गर्न समेत आग्रह गरेका छन् । 

उनको अर्को वेब सिरिज पनि शुक्रबारदेखि शुरू भएको छ । 'सलेक्शन डे २' मा उनी मुख्य भूमिकामा छन् ।

दिल्ली क्राइममा उनी एक प्रहरी इन्सपेक्टरको भूमिकामा छन् । जसमा उनी निकै समझदार प्रहरी अधिकारीको रूपमा छन् । 

अभिनयका अलवा उनी एक कवि पनि हुन् ।

salt training

कमेन्ट गर्नुहोस्