११ असार २०८३, बिहीबार

पूर्वाधारमैत्री ऐन ल्याउन सरकारलाई नेपाल निर्माण व्यवसायी महासंघको आग्रह

पूर्वाधारमैत्री ऐन ल्याउन सरकारलाई नेपाल निर्माण व्यवसायी महासंघको आग्रह

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले पूर्वाधार क्षेत्रको विकासको लागि पूर्वाधार मैत्री ऐन ल्याउन सरकारसँग आग्रह गरेको छ । 

राजधानीमा शुक्रवार निर्माण कम्पनी भवानी ग्रुपको उद्घाटन गर्दै महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार क्षेत्रको विकासको लागि पूर्वाधार मैत्री ऐन ल्याउन माग गरेका हुन् ।

'हामी सरकारसँग सहकार्य गर्न चाहन्छौं, 'भवानी ग्रपको उद्घाटन गर्दै अध्यक्ष सिंहले भने, 'मुलुकको विकासको लागि पूर्वाधार क्षेत्रको विकास हुनु जरुरी छ । सरकारले पूर्वाधारमैत्री ऐन ल्याउनुपर्छ ।'

अध्यक्ष सिंहले निर्माण कम्पनी खोलिने क्रम तीव्र रहेको भन्दै एउटा सफल कम्पनी बन्नलाई चुनौती रहेको पनि बताए ।

कार्यक्रममा भवानी ग्रपका अध्यक्ष भवानी ओझाले नेपालमै दक्ष जनशक्ति उत्पादन र पूर्वाधार क्षेत्रको विकासको लागि काम कम्पनी खोलिएको स्पष्ट पारे ।

'तीस, चालिस हजार कमाउन हाम्रा दाजु-भाइ कतार मलेसीया जानुपरेको छ । नेपालको विकासको लागि चाहिँ भारतलगायत विभिन्न देशबाट दक्ष जनशक्ति ल्याउनुपर्ने बाध्यता छ । त्यसैले विदेशबाट ल्याउनुपर्ने दक्ष जनशक्ति नेपालमै उत्पादन गरेर विदेशबाट ल्याइनुपर्ने दक्षलाई विस्थापन गर्न चाहन्छौं,' अध्यक्ष ओझाले भने ।

उनले कामको गुणस्तरलाई लिएर केही कम्पनीहरूको बेमानीलाई गरेकाले नेताहरु निर्माण सम्बन्धी काम गर्न सहभागी हुन नचाहेको दुखेसो समेत गरे ।

'केही कम्पनीहरूको बेइमानीले निर्माण सम्बन्धी कम्पनीमाथि दाग लागेको छ,' उनले थपे, 'देश बनाउने हाम्रा नेताहरू कार्यक्रममा सहभागी पनि हुन चाहदैनन् । हामी कुनै बदनाम भएर निस्कँदैनौं । पहिला सेवाग्राहीलाई खुशी पार्छौं, नाफा भनेको सेकेन्डरी पार्ट हो ।'

salt training

कमेन्ट गर्नुहोस्