११ असार २०८३, बिहीबार

विमानको इन्जिनमा लाग्यो आगो, भागेर पखेटामा उफ्रिए यात्रु (भिडियो)

विमानको इन्जिनमा लाग्यो आगो, भागेर पखेटामा उफ्रिए यात्रु (भिडियो)

काठमाडौं – रुसको बोइङ ७३७ विमानको इन्जिनमा आगो लागेपछि तीनजना यात्रुहरू पखेटामा चढेका छन् । 

दुई पुरुष र एक महिलाले त्रसित यात्रुहरूलाई विमान कर्मचारीले बेवास्ता गरेको अनि आगोसँग सामना गर्ने विषयमा कुनै निर्देशन नदिएको दी इन्डिपेन्डेन्टमा रिपोर्ट छ । 

विमानमा रहेका एकजना यात्रुले आगो लागेको भिडियो खिचे । उटएयरको विमान मस्कोको भ्नुकोभो विमानस्थलबाट रुसको दक्षिणपश्चिममा रहेको एक शहरका लागि उड्न ठिक्क परेको हो । 

‘यो सामान्य स्थिति थियो । विमान सही नै थियो । यात्रुहरूलाई कुनै खतरा थिएन,’ उटएयरका एक प्रवक्ताले बताए । 

इन्जिन शुरू गरिँदा आएको हावाको प्रवाहका कारण आगो लागेको थियो । 

विमान कर्मचारीले आपतकालीन द्वारबाट भागेका तीनजना यात्रुलाई यो सामान्य घटना मात्र भएको भनी विश्वस्त तुल्याएका थिए । 

तर उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा राखेका छन् । 

विमान कर्मचारी सहित सबै २०२ यात्रुलाई अर्को विमानमा सारिएको थियो । कोही पनि घाइते नभएको बताइएको छ ।

भिडियो यहाँ उपलब्ध छ:

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्