०९ असार २०८३, मंगलबार

कर्णालीको मेला महोत्सवमा बग्यो सरकारको पैसा

बैशाख ८, २०७६
कर्णालीको मेला महोत्सवमा बग्यो सरकारको पैसा

सुर्खेत- कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मेला तथा महोत्सव आयोजकलाई दुई करोड रुपैयाँ बाँड्ने भएको छ । मन्त्रालयले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री नन्दसिंह बुढाले पर्यटन प्रवर्द्धनका लागि दुई करोड विनियोजन भएको र उक्त रकम मेला महोत्सव आयोजकलाई बाँड्ने बताए ।

‘कर्णाली प्रदेशमा एक वर्षमा ५६ ओटा मेला तथा महोत्सवको आयोजना गरिएको छ,’ मन्त्री बुढाले भने, ‘अनुदान रकम पाउँ भनेर २५/२६ ओटा निवेदन आएका छन् । हामी कार्यविधि बनाएर बाँड्छौँ ।’

उसो त मेला आयोजकले कर्णालीमा कलाकार ल्याउने, नाचगान गराउने तर पर्यटन प्रर्वद्धनको नारा दिई सरकारबाट बजेट हत्याउने खेल उहिल्यैदेखि खेल्ने गरेका थिए । मन्त्रालय पनि यो खेलबाट मुक्त भने हुन नसकेको जस्तो देखिएको छ ।

दोष अर्थ मन्त्रालयलाई

मन्त्री बुढाले कर्णाली रारा पर्यटन वर्षमा आर्थिक मामिला मन्त्रालयका कारण आर्थिक रुपमा 'जिकज्याक' भएको बताए । ‘मन्त्रालयलाई मात्रै बजेट खर्च गर्न दिइएको भए हामी जवाफदेही हुन्थ्यौं,’ उनले भने, ‘तर सबैलाई जिम्मा दिइएका कारण व्यवस्थापन पक्ष फितलो भयो र फलस्वरूप भ्रष्टाचार भएको आरोप लाग्यो ।’ यद्यपि उनले रारामा कुनै पनि भ्रष्टाचार नभएको दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्