०५ असार २०८३, शुक्रबार

भारतीय ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भारतीय ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
प्रतिकात्मक तस्वीर

नवलपरासी – पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा आइतवार राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । 

रोकी राखेको यूपी ६५ बीपी ३९११ नम्बरको भारतीय ट्रकमा पछाडिबाट लु७प १३१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा मृत्यु भएको हो । 

यादवको उपचारको क्रममा जिल्ला पृथ्वी चन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी सोही स्थानका २२ वर्षीय रामकृण्ण कहाँर घाइते भएका छन् । दुर्घटना परासी–भैरहवाअन्तर्गत हुलाकी सडकमा भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्