![जिल्ला कमिटी घोषणा हुने नेकपाको कार्यक्रमस्थलमा जे देखियो [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/NCP_1_CJH4u7YxJr.jpg)
काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जिल्ला तहसम्म टुंग्याउन सोमबार अध्यक्ष र सचिवको नाम घोषणा हुँदैछ ।
आइतवार साँझ भएको सचिवालय बैठकले जिल्ला कमिटीका पदाधिकारीको टुंगो लगाएको हो ।
एकता भएको लामो समयसम्म पनि एकता जिल्ला तहसम्म नपुगेकाले अवस्थामा नाम घोषणा कार्यक्रमलाई प्रतिक्षाको रुपमा हेरिएको छ ।
जिल्ला तहका पदाधिकारीको घोषणाका लागि काठमाडौंको प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरिएको छ । लेनिन जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा कार्यक्रम भइरहेको छ ।
जिल्ला कमिटीको नाम सुन्न प्रज्ञा भवनमा नेता कार्यकर्ताको भीड लागेको छ । कार्यक्रम केहीबेरमा शुरू हुने तयारी भइरहेको छ ।
हेर्नुहोस्, तस्वीरहरू :





