११ असार २०८३, बिहीबार

१२ वैशाख ११ : ५६ बजे– विनाशकारी भूकम्पको चार वर्ष पूरा

बैशाख १२, २०७६
१२ वैशाख ११ : ५६ बजे– विनाशकारी भूकम्पको चार वर्ष पूरा

काठमाडौं–झण्डै ९ हजारको ज्यान जानेगरी २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको चार वर्ष पूरा भएको छ ।

गोरखाको बारपाकलाई केन्द्र बनाएर मध्याह्न ११ बजेर ५६ मिनेटको समयमा ७ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पका कारण गोरखा, धादिङ, सिन्धुपाल्चोक सहित राजधानी आसपासका जिल्ला र राजधानीमा गरी झण्डै ९ हजारकोे मृत्यु भएको थियो । हजारौ घाइते भएका थिए ।

भूकम्पका कारण ७ लाख घर भत्किए । ३ लाख भन्दा बढी निजी आवासहरू अझै निर्माण भइसकेको छैन । बारपाक भूकम्पपछि आजसम्म ४५ हजार परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्