३२ असार २०८३, बिहीबार

अर्जुन-मलाइकाले कहिले गर्छन् बिहे ?

बैशाख १२, २०७६
अर्जुन-मलाइकाले कहिले गर्छन् बिहे ?

एजेन्सी- लामो समयदेखि बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपूरको विवाहको चर्चाले भारतीय सिने बजारमा गर्माएको छ । पछिल्लो समय भारतीय मिडियामा १९ अप्रिलमा वैवाहिक बन्धनमा बाँधिने खबर भाइरल भयो तर अर्जुन कपूर फिल्मको शूटिङमा व्यस्त रहेका कारण विवाहको मितिलाई अघि लगेको खबर पनि आयो । अहिले उनीहरूले मेको अन्तिम या जुनमा सातफेरो लिनसक्ने खबर बाहिरिएका छन् । 

केही दिनअघि अर्जुन कपूरले पहिलो पटक मलाइकासँगको विवाहबारेको खबर चिर्ने काम गरेका थिए । उनले एक अन्तर्वार्तामा आफू अहिले ३३ वर्षको भएको र बिहे गर्न हतार नभएको बताएका थिए ।  उनले आफूले विवाह गर्ने बेला मिडियालाई जानकारी गराउने बताएका थिए ।

हिन्दी डट न्युज ट्वान्टी फोर अनलाइनले अर्जुन-मलाइकाले क्रिश्चियन रितिरिवाजअनुसार विवाह गर्न सक्ने खबर लेखेको छ । यी दुईको विवाह मुम्बईमा नभई गोवाको एक चर्चमा हुने खबरमा उल्लेख छ । 

हालै मलाइका हिँड्ने बाटो फोटोग्राफरले रोकेको अवरोध पुर्‍याएको भन्दै अर्जुन कपूर रिसाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्