२४ जेठ २०८३, आइतबार

'फिल्मको ट्रेन्ड फेरिएको छ, भिलेनले पनि कथा बोक्न सक्छन्'

बैशाख १२, २०७६
'फिल्मको ट्रेन्ड फेरिएको छ, भिलेनले पनि कथा बोक्न सक्छन्'

काठमाडौं- वैशाख १३ गते शुक्रवारदेखि ०७२ सालमा गएको विनाशकारी भूकम्पमा आधारित रहेको फिल्म 'कालो वर्ष' नेपालभर प्रदर्शन हुँदैछ । 

वास्तविक कथामा बनेको भएकाले फिल्ममाथि निर्माण टीमले सुखद् व्यापारको आशा गरेको छ । 

नेपाली फिल्ममा कथाकै अभाव खड्किरहेको सन्दर्भमा 'रियल' कहानीले दर्शकको मन जित्ने निर्देशक लक्षु गौतम बताउँछिन् । उनी भन्छिन्, 'रियल स्टोरीमा सकेजस्तो गर्न सकिएन भने दर्शक भड्किन सक्छन् । फेक स्टोरीमा भन्दा रियल स्टोरीमा काम गर्न भने गाह्रो हुन्छ ।'

'नयाँसँग काम गर्न त्यति गाह्रो भएन' 

कालो वर्षकी निर्देशक लक्षु गौतमले नयाँहरूलाई थाहा नभएका कुराहरू सिकाउनु परेपनि आफूलाई गाह्रो नलाग्ने बताउँछिन् । 

उनी भन्छिन्, 'चलचित्र क्षेत्रमा होस् या अन्त, जो पनि पुरानो भएका छन्, ती सबै एकपटक नयाँ भएर आएका हुन् ।' तर आफूलाई कालो वर्ष टीमसँग काम गर्न गाह्रो नभएको बताइन् । 

कुनै बेला नेपाली सिने बजारमा महिलाहरूले फिल्म निर्देशन गर्न सक्दैनन् भनेर हेप्ने गरेको गौतमको गुनासो छ । उनी थप्छिन्, 'पछिल्लो समय लेडिजहरूले राम्रा तथा सफल फिल्म दिएपछि उनीहरूले पनि गर्न सक्दारहेछन् भन्न थालेका छन् ।'

फिल्मको ट्रेन्ड फेरिएको छ : पवन भट्टराई 

फिल्ममा खलपात्रको भूमिकामा देखिएका पवन भट्टराई चलचित्रको ट्रेन्ड फेरिएको बताउँछन् । उनी भन्छन्, 'सोही ट्रेन्डअनुसार कुन क्यारेक्टरमा के शुट गर्छ भन्ने दर्शकले भन्ने कुरा हो ।' 

पहिले पहिले फिल्ममा काटमार गर्ने, चन्दा असुल्ने तथा गुण्डागर्दी गर्नेलाई फिल्मका गुण्डा भनिने चलन थियो । तर अहिले त्यो शैली फेरिएको भट्टराई सुनाउँछन् । 

उनी भन्छन्, 'अहिले लभ स्टोरीमा भिलेन खेल्ने खालको, स्मार्ट तथा ह्याण्डसम केटा पनि खलपात्र हुन थालेका छन् । फिल्ममा मेरो पनि त्यस्तै रोल छ ।' 

उनी खलपात्रले पनि फिल्मको कथा बोक्न सक्ने बताउँछन् । 

'क्यारेक्टर क्याच गर्न सक्नुपर्छ' 

फिल्मका अभिनेता ओकेश पनेरु कलाकारले क्यारेक्टरलाई क्याच गर्न सक्नुपर्ने बताउँछन् । अभिनय बनावटीभन्दा पनि वास्तविक देखिएमात्र फिल्मप्रति न्याय हुने उनको भनाइ छ । 

त्यस्तै अभिनेत्री खड्का पनि अभिनयले वास्तविकताको छनक दिनुपर्ने बताउँछिन् । 

पहिलो शट खिच्न पाँच पटक लाग्यो 

फिल्मकी अभिनेत्री हुन्- अनुपा खड्का । फिल्ममा उनी गाउँले भूमिकामा देखिएकी छन् । तर उनी भने शहरमा हुर्किइन् । 

पहिलो पटक गाउँको परिवेशमा आधारित रहेको भूमिका निभाउन गाह्रो भएन ? उनी भन्छिन्, 'गाउँको बारेमा कहाँ हो, के हो थाहा थिएन । गाह्रो त भयो नि ।' 

उनले पहिलो शटमा लगभग पाँच टेक लिएको स्वीकार्छिन् । 

हल तथा फिल्मलाई गिराएर आफू माथि उठ्न खोज्ने खाले टीमसँग आफू अभिनय नगर्ने उनको भनाइ छ । उनी भन्छिन्, 'आफ्नोलाई मात्रै उठाउने, अरू हललाई गिराउनेसँग काम के गर्नु ।'

भिडियो हेर्नुहोस् :

salt training

कमेन्ट गर्नुहोस्