०५ असार २०८३, शुक्रबार

विदेशी पर्यटकको उद्धार, चिया पसलेको हत्या

बैशाख १२, २०७६
विदेशी पर्यटकको उद्धार, चिया पसलेको हत्या

    पोखरा–अन्नपूर्ण हिमाल चढेर आधार शिविरबाट फर्कने क्रममा बेपत्ता विदेशी पर्यटकलाई आज उद्धार गरिएको छ ।

    अन्नपूर्ण–१ सफल आरोहण गरेर फर्कने क्रममा हिजो (बुधबार) मलेसियन नागरिक वि किन चिन बेपत्ता हुनुभएको थियो । उहाँलाई उद्धार गरिएको र भोलि पोखरा ल्याइने जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराउनुभयो ।

    सिम्रिक एयरको हेलिकोप्टरबाट पुगेको टोलीले उद्धार गरेको र यस विषयमा थप जानकारी अहिले आउन नसकेको उहाँले बताउनुभयो । 
यता  सापटी लिएको रकम फिर्ता नदिएको निहुँमा चिया पसले वृद्धको हत्या गरेको आरोपमा सिरहा प्रहरीले एकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    सापटी लिएको रु चार हजार ५०० मध्ये रु तीन हजार फिर्ता नदिएको निहुँमा लहान नगरपालिका–९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नगरपालिका–३ निवासी ५५ वर्षीय ज्ञानबहादुर थापामगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 
 
    धनगढीमाई नगरपालिका–१० स्थित राममन्दिर परिसरबाट पक्राउ परेका थापामगरलाई इलाका प्रहरी कार्यालय लहानमा राखी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
 
    तामाङको शव गत शनिबार लहान नगरपालिका–१७ स्थित गोबिन्दपुरगढी स्थानको किनारमा फेला परेको थियो । धारिलो हतियार प्रहार गरी तामाङको हत्या भएको घटना प्रकृतिबाट देखिएपछि अनुसन्धान गर्दै जाँदा थापामगरको संलग्नता पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
 

salt training

कमेन्ट गर्नुहोस्