०५ साउन २०८३, मंगलबार

गुणस्तरको नयाँ स्तर : रिद्धिसिद्धिद्वारा निर्माणकर्मी सम्मेलन आयोजना

बैशाख १३, २०७६
गुणस्तरको नयाँ स्तर : रिद्धिसिद्धिद्वारा निर्माणकर्मी सम्मेलन आयोजना

काठमाडौं – शंकर ग्रुपको उत्पादन रिद्धिसिद्धिको आयोजनामा निर्माणकर्मीहरू समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ एक वृहत् अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम “गुणस्तरको नयाँ स्तर” भन्ने मूल सन्देशका साथ शुक्रवार वीरगञ्जमा आयोजना गरिएको थियो । 

उक्त कार्यक्रममा उपस्थित निर्माणकर्मीहरू माझ रिद्धिसिद्धि सिमेन्टको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण पेश गरिएको थियो । यस उत्पादनका बारेमा बोल्ने क्रममा रिद्धिसिद्धि सिमेन्टका सहायक ब्राण्ड म्यानेजर अनुज महतले यस सिमेन्टको उपयोगिता, उचित प्रयोग तथा ंविशेषताका साथसाथै सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिहरूका बारेमा बयान गरे ।

उनले संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधियुक्त प्रक्रियाद्वारा उत्पादित उक्त सिमेन्टको गुणस्तरमा जोड दिए । उनले थप प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भी.आर.एम.), एफ.एल. स्मिथको रोबो ल्याब सिस्टम, सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको लेजर सिल प्याकेजिङ लगायतका विभिन्न प्रविधिहरूका बारेमा विस्तृत जानकारी दिए ।

निर्माणकर्मी तथा निर्माण व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा आयोजक समूहले उपस्थित सहभागीहरूसँग अन्तरक्रिया गर्नुको साथै उनीहरूका लागि विभिन्न रमाइलो खेल लगायतका मनोरञ्जनात्मक प्रस्तुति पनि पेश गरेका थिए । 

आयोजक कम्पनीले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरू आगामी दिनहरूमा पुनः आयोजन गर्ने जनाएको छ ।   
 

कमेन्ट गर्नुहोस्