१० असार २०८३, बुधबार

सुर्खेतबाट कांग्रेसलाई ओलीको व्यंग्य, माओवादी सम्झेनन् !

कात्तिक २०, २०७४
सुर्खेतबाट कांग्रेसलाई ओलीको व्यंग्य, माओवादी सम्झेनन् !
सुर्खेत, ६ चैत- एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अहिले जनता देख्नै छाडेको बताएका छन् ।
मेची–महाकाली अभियानबारे सन्देश दिन शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसको कन्तबिजोग भएको बताएको खबर नयाँ पत्रिकाले छापेको छ ।kp oli
कांग्रेस आफैँ कन्तबिजोग भएको दाबी गर्दै उनले अब जनताले कांग्रेससँग अपेक्षा गर्नुपर्ने केही नभएकोसमेत बताए ।
ओलीले तराई–मधेसमा मधेसी मोर्चा भन्दै दुई–चारजना उफ्रिने गरेको र कांग्रेसले तिनैलाई मात्रै देख्ने गरेको बताए । उनले मधेसी मोर्चाका नेतालाई घुमाउरो ढंगले भारतीयको संज्ञा दिए । ‘मधेसी मोर्चा भन्दै चारजना उफ्रिन्छन्,’ उनले भने, ‘कांग्रेसले तिनै चारजना भारतीयलाई देख्छ, करोड नेपाली देख्दैन ।’ ओलीले कांग्रेसले प्रस्टसँग आँखा देख्न छाडेको भन्दै चस्मा किनिदिनुपर्ने अवस्था आएको व्यंग्य गरे ।
आफ्नो सम्बोधनका क्रममा माओवादी केन्द्रविरुद्ध शब्द उच्चारण नगरेका ओलीले कांग्रेस धेरैपटक सरकारमा गए पनि केही गर्न नसकेको दाबी गरे । ‘नेपालको इतिहासमा कांग्रेस धेरैपटक सरकारमा गयो,’ उनले भने, ‘तर, बाँदरका हातमा नरिवल ।’ अहिले एमालेको जनलहर देखेर चुनाव गर्न सरकार डराएको आरोप लगाउँदै ओलीले चुनाव नगराए आफ्नो पार्टीले कडा कदम चाल्ने चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्