१० असार २०८३, बुधबार

काभ्रेमा महिला मृत फेला

बैशाख १४, २०७६
काभ्रेमा महिला मृत फेला
सांकेतिक तस्वीर

बनेपा- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरका अन्य परिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी पाउने वित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुलाललाई शुक्रवार दिउँसो घरको कोठामा नै मृत फेला पारेको हो ।

उनको घाँटीमा सानो डोरीको डाम बसेको, उतानो अवस्थामा फेला पारेको र उनका श्रीमान फरार रहेको प्रहरीले जनाएको छ । 

मृतकका श्रीमान सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र छ महिनासम्म सुधार केन्द्रमा राखेर डेढ महिना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका दुलालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्