काठमाडौं, ६ चैत– बिहिबार ४८१ गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार अबेर पाँच उपमहानगरपालिकासहित नगरपालिकाहरुमा कार्यकारी अधिकृत खटायो ।

निर्वाचन आयोगले गाउँपालिका र नगरपालिकाहरुमा तत्काल प्रमुख तोक्न मन्त्रालयलाई दिएको निर्देशन अनुसार ती कर्मचारीलाई खटाइएको हो ।
मन्त्रालयले प्रमुख कार्यकारी अधिकृत तोक्न बाँकी रहेका केहि स्थानीय तहमा पनि छिट्टै निर्णय लिने जनाएको छ ।
लोकान्तरले पाठकको सुविधाको लागि उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा खटाइएका कार्यकारी अधिकृतको सूचि यहाँ प्रस्तुत गरेको छ ।