२६ जेठ २०८३, मंगलबार

इरानले अमेरिका र साउदी अरबलाई भाउ दिएन

बैशाख १४, २०७६
इरानले अमेरिका र साउदी अरबलाई भाउ दिएन

तेहरान– इरानले विवादित बिषयमा छलफल गर्न अमेरिका वा साउदी अरबको आवश्यक नरहेको जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालै पश्चिमा सञ्चारमाध्यमा आएका हल्लामा जस्तोे विवादित बिषयहरूमा वार्ता गर्न संयुक्त राज्य अमेरिका वा साउदी अरब कसैको पनि सहारा खोजेको छैन, यी केवल भ्रामक समाचार मात्र हुन् ।”

मौसवीले भन्नुभएको छ, “साउदी अरबसँगको प्रसङ्गमा इरानले दुई मुलुकका प्रतिनिधिबीच हज यात्रीको व्यवस्थाबारेमा कुराकानी भएको र दुवै पक्षले उक्त बिषयलाई दुईपक्षीय राजनीतिक बिषयबाट अलग गर्ने सहमति जुटिसकेको छ ।”

उहाँले थप्नुभयो, “इरानको दृष्टिकोणमा साउदी अरब खाडी क्षेत्रको एक महत्वपूर्ण राष्ट्र हो तर उ विगत केही बर्ष यता अरचनात्मक धारणासहित ‘गलत’ दिशामा अघि बढिरहेको छ । यसले यस क्षेत्रमा धेरै क्षति पुगेको छ जसका कारण समग्र अरब क्षेत्रमा सङ्कट देखिएको छ ।”

साउदी अरबले यस क्षेत्र र जनताका लागि इमान्दार र सद्धभावपूर्ण धारणासहित अघि बढ्नेमा समेत मौसवीले विश्वास प्रकट गर्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्