०३ साउन २०८३, आइतबार

प्रदेश विकासमा एक भएर लागौं : मन्त्री बुढा

बैशाख १५, २०७६
प्रदेश विकासमा एक भएर लागौं : मन्त्री बुढा

सुर्खेत- कर्णाली प्रदेश सरकारका पर्यटन, उद्योग वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीको विकासमा सबै एक भएर लाग्नुपर्ने बताएका छन् ।

आइतवार वीरेन्द्रनगरमा अजोड इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै मन्त्री बुढाले कर्णालीको अभावै अभावका परिभाषा बदल्न सबैको एकता आवश्यक रहेको बताए ।

‘हामी जहाँ जे जिम्मेवारीमा छौं, त्यसैलाई राम्रोसँग भूमिका निर्वाह गर्न सिकौं,’ मन्त्री बुढाले भने, ‘तबमात्र हामी कर्णालीलाई बनाउन सक्छौं । अनिमात्र प्रदेशको विकास गर्न सकिन्छ ।’

कम्पनीले कर्णाली प्रदेशको आर्थिक रुपान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । ‘यहाँको गरीबी, अभाव हटाउन कम्पनीले ठूलो मद्दत गर्ने विश्वास छ,' उनले भने । 

कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले कम्पनीको एक अर्ब बराबर शेयर रहेको बताउँदै केही समयपछि ३० प्रतिशत शेयर आम जनताका लागि खुलाउने गरी अघि बढिरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्