०२ असार २०८३, मंगलबार

मंगलबारे बहुमुखी क्याम्पसको अध्यक्षमा सर्वसम्मत चुनिए मेघप्रसाद

बैशाख १५, २०७६
मंगलबारे बहुमुखी क्याम्पसको अध्यक्षमा सर्वसम्मत चुनिए मेघप्रसाद

इलाम – इलामस्थित मंगलबारे बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्षमा मेघप्रसाद चम्लागाईं चयन भएका छन् ।

देउमाई नगरपालिकास्थित मंगलबारेमा रहेको क्याम्पस व्यवस्थापन समितिको शनिवार सम्पन्न तेस्रो भेलाले चम्लागाईको नेतृत्वमा सर्वसम्मत् नयाँ कार्यसमिति चयन गरेको हो ।

चम्लागाई क्यापस स्थापना गर्दा महत्त्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन् । उनले स्थापना कालमा संयोजक समेत भएर काम गरिसकेका छन् ।

समितिमा पूर्णचन्द्र श्रेष्ठ, पदम खनाल, मुनादेवी श्रेष्ठ, पुष्प आचार्य, सुरेन्द्र बस्नेत सदस्य चुनिएका छन् । यस्तै राजीव प्रधान,  देविका गौतम, युवराज श्रेष्ठ, उमकान्त शंकर र विष्णु बस्नेत समेत सदस्य बनेका छन् ।

सात जना पदेन सदस्य रहने छन् भने बाँकी तीनजना मनोनयन गरिने क्याम्पसले जनाएको छ । यसअघि क्यापस व्यवस्थापन समिति अध्यक्ष हेममणि प्रधान थिए ।

salt training

कमेन्ट गर्नुहोस्