१० असार २०८३, बुधबार

प्रधानमन्त्रीको जात के हो मलाई थाहा छैन : प्रियंका गान्धी

बैशाख १५, २०७६
प्रधानमन्त्रीको जात के हो मलाई थाहा छैन : प्रियंका गान्धी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई अतिपिछडिएको वर्गको बताएपछि राजनीति तातेको छ । 

बहुजन समाज पार्टी (बसपा) की अध्यक्ष मायावती र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तथा बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवपछि अब कांग्रेस महासचिव प्रियंका गान्धीले पनि प्रधानमन्त्रीमाथि आक्रमण गरेकी छन् । 

प्रियंकाले भनिन्, ‘प्रधानमन्त्री कुन जातका हुन् मलाई थाहा छैन । विपक्षीहरूले कहिले पनि यसरी कुरा नगरेको मलाई लाग्छ ।’

तेजस्वी यादवले चाहिँ मोदीले आफूलाई दलित भने पनि उनी जन्मजात उच्च तथा कागजमा पिछडा जातिका हुन् भने । 

कन्नौजमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्री मोदीले एसपी र बीएसपीमाथि शाब्दिक आक्रमण गर्दै यी दुवै दलले उनको जातिका सम्बन्धमा प्रमाणपत्र बाँडिरहेको बताए । आफूले कहिले पनि जातीय कार्ड नखेलेको उनको भनाइ थियो । आफू सानो जातिबाट आएको र पिछडा वर्गमा जन्मेको उनले बताएका थिए । 

मोदीको शाब्दिक आक्रमणको केही समयपछि नै मायावतीले प्रत्याक्रमण गर्दै शनिवार साँझ पत्रकार सम्मेलन गरेर उनी उच्च जातिको भएको तर गुजरातको मुख्यमन्त्री हुँदा आफ्नो जातिलाई पिछडिएको जातिमा राखेको बताइन् ।

यसअघि मैनपुरीको सभामा मायावतीले मुलायम सिंह वास्तवमा पिछडिएको जातिको नेता भएको अनि मोदी चाहिँ झूटो जातिको मानिस भएको बताएकी थिइन् । 

प्रियंका गान्धीले आफ्ना दाइ कांग्रेस अध्यक्ष राहुल गान्धीका लागि अमेठीमा चुनाव प्रचा। गर्ने क्रममा भाजपाको राष्ट्रवादका विषयमा प्रश्न उठाइन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्