१० असार २०८३, बुधबार

यूएईले पहिलोपटक हिन्दू पिता र मुस्लिम माताको सन्तानलाई दियो जन्म प्रमाणपत्र

बैशाख १५, २०७६
यूएईले पहिलोपटक हिन्दू पिता र मुस्लिम माताको सन्तानलाई दियो जन्म प्रमाणपत्र

काठमाडौं – संयुक्त अरब अमिरात (यूएई) सरकारले प्रवासीहरूका लागि बिहेको नियम तोड्दै भारतका एक हिन्दू पुरुष र मुसलमान महिलाको छोरीलाई जन्म प्रमाणपत्र दिएको छ । 

यूएईको प्रवासी नियमअनुसार, मुसलमान पुरुषले त गैरमुसलमान महिलासँग बिहे गर्न पाउँछ तर मुसलमान महिलाले गैरमुसलमान पुरुषसँग बिहे गर्न पाउँदिनन् । 

खलीज टाइम्सका अनुसार, शारजाहमा बस्ने किरण बाबु र सनम साबु सिद्दीकीले सन् २०१६ मा भारतको केरलमा बिहे गरेका थिए । सन् २०१८ मा उनीहरूले छोरी जन्माएपछि समस्यामा परेका थिए । 

बाबुले भने, ‘मसँग अबु धाबीका लागि भिसा छ । मैले त्यहाँ बीमा गरेर बसेको छु । पत्नीलाई मैले मेदीवर अस्पतालमा भर्ना गरें । छोरी जन्मेपछि म हिन्दू भएका कारण उसको जन्म प्रमाणपत्र दिन अस्वीकार गरियो । त्यसपछि मैले अदालतमा प्रमाणपत्र पाऊँ भनी निवेदन दिएँ । चार महिनासम्म सुनुवाइ चलेपछि मेरो मुद्दा खारेज गरियो ।’

छोरीसँग कुनै कानूनी दस्तावेज नभएको बाबुले बताए । तर सन् २०१९ लाई यूएईले सहिष्णुता वर्षका रूपमा मनाउने घोषणा गरेको छ । यसअन्तर्गत यूएईले आफूलाई सहिष्णु राष्ट्रका रूपमा पेश गर्न खोजिरहेको छ । 

यसै क्रममा भारतीय दूतावासको सहायतामा यूएईको न्यायिक विभागले बाबुको मुद्दालाई अपवाद बनायो । बाबु फेरि अदालत गए र यसपालि उनको निवेदन स्वीकृत भयो । 

छोरीले अप्रिल १४ मा जन्म प्रमाणपत्र पाएकी छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्